शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रविभवन दुर्घटना : मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, सेनाका कर्णेल हिरासतमा

रविभवन दुर्घटना : मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, सेनाका कर्णेल हिरासतमा

नागरिक पाटी

२६, बैशाख २०७७
  • 6.2K
    SHARES
  • काठमाडौं । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। ज्यान जानेमा मोटरसाइकल चालक झापाका २३ वर्षीय टिकाराज गेलाल छन्। उनले चलाएको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल नेपाली सेनाका कर्णेलले चलाएको कारमा ठोक्किएको थियो। कारमा ठोक्किएपछि मोटरसाइकल चालक गेलालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुवँरले जानकारी दिए। लेनमिचर तीव्र गतिमा हुइकिएको मोटरसाइकल विपरित दिशाबाट आएको कारमा ठोक्किएको थियो। उक्त कार कर्णेल शिखर जबराले चलाएका थिए। कर्णेल जबराले चलाएको बा २१ च ४३४७ नम्बरको कारमा मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा युवकको मृत्यु भएपछि कर्णेललाई प्रहरीले हिरासतमा राखेको छ भने कारसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७७ शुक्रवार - २१:५७:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology