२८, बैशाख २०७७
कविता
म रोए,
कराए, चिच्याए
तर
मेरो चीत्कार सुनेन,
जबर्जस्ती लुछ्यो मलाई,
मेरा कलिला अङ्ग अङ्गको स्पर्शमा
आनन्द लियो त्यो पापिले,
म बाट मेरो अस्मिता खोसिदियो,
अन्ततस
मेरो बाच्ने अधिकार
पनि लुटिदियो !
भौतिक रूपमा मात्र
मरेकी हु म,
ओ होइनस
मारेको हो मलाई
अझै मेरो आत्मा
यहि भौतारिरहेको छ,
जबसम्म त्यो पापिले
सजाय पाउदैन,
तबसम्म मेरो आत्माले
शान्ती पाउनेछैन ।
हिजोसम्म म
मैले न्याय पाउनुपर्छ भन्दै
अदृश्य रूपमा प्रस्तुत
भैरहे।।।
कहिले पत्रीकाको फ्रन्ट पेजमा
निर्मलाले न्याय कैलेरु,
कहिले सामाजिक संजालमा
सरकार भेटियो तर
न्याय भेटिएन जस्ता क्याप्सनसहितका
मर्मस्पर्शी तस्वीरहरु बनेर,
कहिले अरु थुप्रै निर्मलाहरुको
मनमा असुरक्षितको डर बनेर,
त कहिले आमाको आखामा
आशु बनेर !
मेरो न्यायको खातिर
कलम चलाउने
इमानदार हातहरु,
आवाज उठाउने
दृढ मनहरु,
सबै सबैमा
म कृतज्ञ छु !
तर
आज म मेरो न्यायको निम्ति
कलम चलाउन,
आवाज उठाउन भन्दिनँ,
किनकिस
मलाई थाहा छ,
त्यो पापी गतिलो छत्रछाया
पाएको मान्छे हो !
मान्छे पनि के भन्नू खै
पशु हो!
मलाई त मेरो आफ्नै
घरकाले नै लूटेको हो,
तर आज
आमालाई त छिमेकीले दिनरात
केही नभनी लुटिरहेको छ,
हिजो त्यो पापिले
लुछिरहदा जति दुखेको थिएन
त्यो भन्दा बढी
दुखिरहेको छ आज मलाई !
किनकी
मेरा कानहरुले आमाको चीत्कार
सुनिरहेका छन्,
मेरा आखाहरुले आमालाई
नङ्याइरहेको दृश्य देखिरहेका छन्,
मेरो मनले आमाको
पिडा महसुस
गरिरहेको छ !
मैले त न्याय पाइन,
अब त आश पनि छैन !
तर अब अति नै भयो,
अन्यायले पराकाष्ठ नै नाघ्यो !
आमाको चीत्कार तिमिहरुले
अब सुन्नैपर्छ !
जुन आमाको कोखमा
बास लिग्यौ,
जुन आमाको काखमा
खेल्दै हुर्कियौ,
त्यही आमाको पनि
रक्षा गर्न सक्दैनौ भनेस
तिमिहरु धर्तिका बोझ मात्र हौ
जिउदै मरेतुल्य !!!
ओ हेलोस
म तिम्लाई पनि भन्दैछु !
हो, तिम्लाई।।।
मेरो चीत्कार नसुनिनसुनि
मलाई लुटिरहदा तिम्ले जुन
मज्जा लिएथ्यौ,
त्यही मज्जा आज छिमेकीले
लिइरहेको छ१
तिम्रै आमालाई लुटेर,
ए होइन होइनस्
हाम्रो आमालाई लुटेर !!!
मलाई लुछिलुछी मारेकोमा
तिमिलाई आत्मग्लानि छ छैन
थाहा छैन,
तर
यदि आमालाई मार्नबाट
बचाउछौ भने
सायद म तिमिलाई माफ गरिदिन्छु !!!
✍️बिन्दा थिङ, धादिङ
हाल : काठमाण्डौँ ।
प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार -
१७:२८:०६ बजे