शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना भाइरसका कारण एकैदिन १ सय ११ भन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसका कारण एकैदिन १ सय ११ भन्दा बढीको मृत्यु

नागरिक पाटी

२९, बैशाख २०७७
  • 4.1K
    SHARES
  • काठमाडौँ । भारतमा कोरोना भाइरसका कारण हालसम्म २ हजार २१२ जनाको मृत्यु भएको छ । हिजो आइतबारमात्रै भारतमा कोरोनाका कारण १११ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै आइतबारमात्रै झण्डै ४ हजार ३ सय भन्दा बढी संक्रमित फेला परेका छन् । कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६७ हजार नाघेको छ । संक्रमितमध्ये २० हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २९, २०७७ सोमवार - १५:३९:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology