शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवागढी-काठमाडौं र वीरगञ्ज-काठमाडौं रेलमार्गको निर्माण सुरु गर्ने घोषणा

रसुवागढी-काठमाडौं र वीरगञ्ज-काठमाडौं रेलमार्गको निर्माण सुरु गर्ने घोषणा

नागरिक पाटी

३, जेठ २०७७
  • 5.5K
    SHARES
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज-काठमाडौं र रसुवागढी-काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताएकी हुन् । नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा-ईनरुवा-खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ । पूर्व-पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७७ शनिवार - ०२:३४:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology