शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार १६३ जनाको मृत्यु

कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार १६३ जनाको मृत्यु

नागरिक पाटी

४, जेठ २०७७
  • 3.5K
    SHARES
  • काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार १६३ मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ हजार ३३ संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ८१६, बेलायतमा ४६८, स्पेनमा १०४, रुसमा ११९, इटलीमा १५३ को ज्यान गएको छ । फ्रान्समा २४ घण्टामा ९६ जनाको ज्यान गएको छ । नेपालमा पनि एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो नेपालको पहिलो घटना हो । पछिल्लो २४ घण्टामा ९३ हजार ९७८ संक्रमित थपिएका छन् । यसमा सबैभन्दा धेरै अमेरिकामा २२ हजार ०२९ को पहिचान भएको छ । ब्रजालिमा १४ हजार ९१९ कोरोना संक्रमित २४ घण्टामा थपिएका छन् भने सोही अवधिमा रुसमा ९ हजार २०० संक्रमितको पहिचान भएको छ । विश्वभर हालसम्म कोरोना संक्रमितको संख्या ४७ लाख १५ हजार ३८७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७७ आइतवार - १५:१४:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology