शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकामा मात्रै ८९ हजार ५ सय बढिको मृत्यु,विश्वभर ३ लाख १५ हजारले ज्यान गुमाए

अमेरिकामा मात्रै ८९ हजार ५ सय बढिको मृत्यु,विश्वभर ३ लाख १५ हजारले ज्यान गुमाए

नागरिक पाटी

५, जेठ २०७७
  • 4.6K
    SHARES
  • काठमाण्डौँ । विश्वभर कोरोना भाइरसबाट ४७ लाख १३ हजार ६ सय २० जना मानिस संक्रमित भएका छन्। विश्वभर यसैका कारण ३ लाख १५ हजार १ सय ८५ जनाको ज्यान समेत गुमिसकेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार सोमवार बिहानसम्म अमेरिकामा कोरोनाका संक्रमित १४ लाख ८६ हजार ५ सय १५ पुगेका छन्। अमेरिकामा ८९ हजार ५ सय ६२ जानाको मृत्यु भइसकेको छ। संक्रमितको संख्याको आधारमा रसिया दोस्रो स्थानमा छ। तर, कोरोनाबाट मृत्यु हुनेको संख्याका आधारमा भने रसिया अरु मुलुकभन्दा निक्कै पछाडि छ। मृत्यु हुने संख्यामा बेलायत दोस्रो छ भने तेस्रोमा इटाली। रसियामा संक्रमितको संख्या २ लाख ८१ हजार ७ सय ५२ रहेको छ। त्यहाँ अहिलेसम्म २ हजार ६ सय ३१ जनाको मृत्यु भएको छ। बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार ७ सय १६ छ। त्यहाँ संक्रमितको संख्या २ लाख ४४ हजार ९ सय ९५ रहेको छ। संक्रमितको संख्यामा ब्राजिल ह्वात्तै माथि आएको छ। ब्राजिलमा संक्रमितको संख्या २ लाख ४१ हजार ८० पुगेको छ। त्यहाँ १६ हजार १ सय १८ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनमा मृत्यु हुनेको संख्या २७ हजार ५ सय ६३ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३० हजार ६ सय ९८ त्यसैगरी अर्को युरोपेली मुलुक इटालीमा २ लाख २५ हजार ४ सय ३५ संक्रमित हुँदा मृत्यु हुनेको संख्या ३१ हजार ९ सय ८ पुगेको छ। फ्रान्समा १ लाख ७८ हजार ६ सय ९३ जना संक्रमित छन् त्यहाँ २८ हजार १ सय ११ जनाको यसैका कारण मृत्यु भएको छ। जर्मनीमा १ लाख ७६ हजार ३ सय ६९ जना संक्रमित छन् तीमध्ये ७ हजार ९ सय ६२ जनाले ज्यान गुमाएका छन्। टर्कीमा १ लाख ४९ हजार ४ सय ३५ जना संक्रमित देखिएका छन् भने त्यहाँ मृत्यु हुनेको संख्या ४ हजार १ सय ४० पुगेको छ। इरानमा १ लाख २० हजार १ सय ९८ जनामा संक्रमण देखिएको छ। त्यहाँ ६ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ। यता दक्षिण एसियामा सबैभन्दा धेरै संक्रमण देखिएको भारतमा ३ हजार २५ जनाको मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म ९५ हजार ६ सय ९८ जना संक्रमित देखिएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०७७ सोमवार - १७:०६:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology