शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख माथी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख माथी

नागरिक पाटी

६, जेठ २०७७
  • 5.7K
    SHARES
  • काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेसँगै मृतकको संख्या पनि दिनहुँ बढेको छ । कोरोनाका कारण हालसम्म भारतमा ३ हजार १५६ जनाको मृत्यु भएको छ । हिजो सोमबारमात्रै भारतमा कोरोनाका कारण १५६ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै सोमबारमात्रै ४ हजार ६०० भन्दा बढी संक्रमित फेला परेका छन् । कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख नाघेको छ । संक्रमितमध्ये ३९ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन । त्यस्तै जम्मु–काश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७७ मंगलवार - १५:१४:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology