शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेनालाई युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपति जिनपिङको आदेश

सेनालाई युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपति जिनपिङको आदेश

नागरिक पाटी

१५, जेठ २०७७
  • 5.5K
    SHARES
  • काठमाण्डौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धको लागि तयार रहन आदेश दिएका छन् । देशको सार्वभौमसत्ता रक्षाका लागि खराब अवस्थाको सामना गर्न तयार रहन उनले आदेश दिए । चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सीले सेनालाई खराब अवस्थाबारे सोच्न पनि भनेका छन् । पछिल्लो समय लद्दाखलगायत केही सीमाक्षेत्रमा भारतीय सेनासँग तनाब बढिरहँदा चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । यसैपबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीचको सीमा विवादका विषयमा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले ती दुई देशबीचको सीमा विवादका विषयमा मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।यसअघि पनि राष्ट्रपति ट्रम्पले काश्मिरको मुद्दामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने बताएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १५:०५:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology