शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नौबिसे-नागढुँगा सडकमा मर्मत सुधारको काम तीव्र

नौबिसे-नागढुँगा सडकमा मर्मत सुधारको काम तीव्र

नागरिक पाटी

१५, जेठ २०७७
  • 5.4K
    SHARES
  • धादिङ । नौबिसे-नागढुँगा सडकको मर्मत सुधार गर्ने काम तीव्रगतिमा भइरहेको छ । सडक खाल्डाखुल्डी र भत्केका स्थानमा कालोपत्रे गर्ने काम भइरहेको प्रतिष्ठा कन्ट्रक्सनका साइट इन्चार्ज विजय अधिकारीले बताउनुभयो । उहाँले जेठ अन्तिमसम्म नौबिसेदेखि नागढुंगासम्म आवश्यकता अनुसार भईरहेको सुधारको काम सकिने बताउनुभयो । शिवाको कन्ट्रक्सन र प्रतिष्ठा कन्ट्रक्सनको संयुक्त साझेदारीमा मोड कटिङ, वाल लगाउने र कोलोपत्रे मर्मत गर्ने काम भ्याटसहित सात करोड ६० लाखमा भएको सडक डिभिजन कार्यालय भरतपुर साइट अफिस गजुरीका इन्जिनियर कृष्ण खड्काले बताउनुभयो । चैत पहिलो सातामात्र ठेक्का सम्झौता भए पनि कन्ट्रक्सनले कामलाई तीव्रता दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - २२:२०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology