शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा एकैदिन ७ हजार ९ सय भन्दा बढि कोरोना संक्रमित थप

भारतमा एकैदिन ७ हजार ९ सय भन्दा बढि कोरोना संक्रमित थप

नागरिक पाटी

१७, जेठ २०७७
  • 4.9K
    SHARES
  • काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै सात हजार नौ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो दैनिक सङ्क्रमित हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेर एक लाख ७३ हजार सात सय ६३ भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८२ हजारभन्दा धेरै निको भएका छन् भने ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रिमत छन् । यसका साथै स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई सय ६५ जनाको ज्यान गएको छ, योसँगै भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार नौ सय ७१ भएको छ । भारतमा लकडाउन खुकुलो बनाउँदै रेल सेवा र बस सञ्चालनमा आएपछि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - २२:०८:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology