शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

१७ लाख रुपैयाँ घुस लिँदा अख्तियारको फन्दामा

१७ लाख रुपैयाँ घुस लिँदा अख्तियारको फन्दामा

नागरिक पाटी

२०, जेठ २०७७
  • 10.3K
    SHARES
  • १७ लाख रुपैयाँ घुस लिँदा अख्तियारको फन्दामा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    images
    images

    अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि घुस लिएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

    सेवाग्राहीसँग १७ लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा परेका उनीहरुलाई अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १६:३७:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology