काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक बस्ने समय भने यकिन नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो।
बुधवार प्रधानमन्त्रीले विज्ञहरुसँग लकडाउनको मोडालिटीबार छलफल गरेका थिए। विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। जेठ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो।