शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रदेश २ को प्रदेशसभाका मर्यादापालकहरुमा कोरोना संक्रमण

प्रदेश २ को प्रदेशसभाका मर्यादापालकहरुमा कोरोना संक्रमण

नागरिक पाटी

२२, जेठ २०७७
  • 6.1K
    SHARES
  • प्रदेश २ को प्रदेशसभाका मर्यादापालकहरुमा कोरोना संक्रमण

    काठमाण्डौँ। प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा पालक र १ जना आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका सहयोगी गरी ६ जनामा कोरोना पुष्टि भएको हो । गत १६ गते सचिवालय ३ सय ४४ जनामा कोरोना परीक्षण गरिएको थियो जसको रिपोर्ट आज बिहिबार आएको हो । उनीहरूमा कोरोना पुष्टि भएसँगै प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

    images
    images

    प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन् । उनीहरु प्रदेशसभामा कार्यरत मर्यादा पालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १८:०८:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology