काठमाण्डौ । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी बनाउने जिम्मेवारी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई दिएको छ ।
आज बिहीबारको मन्त्रिपरिषद् बैठकले मोडालिटीको कार्ययोजना दुई दिनभित्र पेस गर्न समितिलाई जिम्मा दिने निर्णय गरेको हो । केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै व्यवसाय सञ्चालन गर्न नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बसेको थियो ।
लकडाउनको मोडालिटीबारे गम्भीर छलफल भए पनि मन्त्रिपरिषद् बैठकले निष्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा उच्चस्तरीय समितिलाई दिइने भएको हो ।