शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुग्लिन-नारायणगढ सडकमा पहिरो नियन्त्रणको काम हुँदै

मुग्लिन-नारायणगढ सडकमा पहिरो नियन्त्रणको काम हुँदै

नागरिक पाटी

२४, जेठ २०७७
  • 11.4K
    SHARES
  • मुग्लिन-नारायणगढ सडकमा पहिरो नियन्त्रणको काम हुँदै

    चितवन । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । “अहिले धमाधम काम भइरहेको छ”, आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भन्नुभयो, “असार मसान्तसम्म काम सम्पन्न हुन्छ ।” उहाँले कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर कामलाई निरन्तरता दिएको बताउनुभयो ।

    images
    images

    उहाँका अनुसार सडकखण्डको नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको छ । सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताउनुभयो । नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जीनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्नेछ । रु १४ करोड नौ लाख लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभीले पाएका हुन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - ११:२१:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology