काठमाण्डौ । लामो समयदेखिको लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि सरकारले विकल्पको खोजी गरेको छ। आज शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा छलफल गरेको हो।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डमा रहेर औद्योगिक र निर्माणजन्य उद्योग, व्यवसाय सञ्चालन गरिने बताए।
यससँगै विकास निर्माणका कामलाईृ पनि अगाडि बढाइने छ । पहिलो चरणमा उद्योग, कलकारखानासँगै विकास निर्माणका काम र आधारभूत आवश्यकताका क्षेत्र खुकुलो बनाइने र त्यसपछि चरणवद्ध रुपमा वर्कआउट गरिने उनले बताए।