शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जसपाको अध्यक्षमा ठाकुर र यादव, बाबुराम कति नम्बरका नेता ?

जसपाको अध्यक्षमा ठाकुर र यादव, बाबुराम कति नम्बरका नेता ?

नागरिक पाटी

२५, जेठ २०७७
  • 8.3K
    SHARES
  • जसपाको अध्यक्षमा ठाकुर र यादव, बाबुराम कति नम्बरका नेता ?

    काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) ले आइतबार साँझ दल दर्ता गरेको छ। नेतृत्व विवादले दर्ता हुन नसकेको जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनेगरी सहमति भएपछि दल दर्ता भएको हो। आइतबार दिउँसो भएको सहमति भने उल्टिएकोे छ। जसपामा बाबुराम भट्टराईलाई पहिलो वरियतामा राख्ने र तीन जना अध्यक्ष रहने सहमति भएको थियो।

    images
    images

    आयोगमा दल दर्ता गर्दा भने भट्टराईको वरियता चौथो नम्बरमा राखिएको छ। भट्टराई भन्दा माथि अशोक राईलाई राखिएको छ। पाँचौं नम्बरमा राजेन्द्र महतो रहने भएका छन्। गएको ११ वैशाखमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकीकरण घोषणा भएको थियो । तर, नेतृत्वमा सहमति जुट्न नसक्दा दल दर्ता हुन सकेको थिएन।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - २०:०७:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology