काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जसपाका वरिष्ठ नेता बाबुराम भट्टराईको राजनीतिक उचाइ र वरीयता निर्वाचन आयोगमा पेस गरिएको कागजपत्रले निर्धारण नगर्ने बताएका छन्। अध्यक्ष थापाले सोमबार बिहान ट्विटरमा लेखेका छन्, "वरीयताका विषयमा बाबुरामजीलाई केहीले खिसी गरेको पढें। बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ।तर,उहॉको वरीयता र राजनीतिक उचाइ निर्वाचन आयोगमा पेस भएको कागजले गर्दैन।"
लामो राजनीतिक यात्रा र संघर्षले समाजमा भट्टराईको स्थान कायम भइसकेको थापाको भनाइ छ। थापाले लेखेका छन्, "एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ।"