आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ठुलै जातकी प्रेमिका छे मृत्यु उपहार हुन्छ, हुन्न !

ठुलै जातकी प्रेमिका छे मृत्यु उपहार हुन्छ, हुन्न !

नागरिक पाटी

२६, जेठ २०७७
  • 12.7K
    SHARES
  • ठुलै जातकी प्रेमिका छे मृत्यु उपहार हुन्छ, हुन्न !

    गजल

    images

    मलाई पनि यो समाज बाट तिरस्कार हुन्छ, हुन्न
    ठुलै जातकी प्रेमिका छे मृत्यु उपहार हुन्छ, हुन्न

    समाजको बन्धन तोडि सिरमा सिन्दुर भरिदिदा
    दुर्गामाता झै बिजय गर्ने तिम्रो बिचार हुन्छ, हुन्न

    बाउ आमाले नदिएमा भन्छे खाली के पो गर्छौ
    साचो माया गर्छौ भने बसाउ घरबार हुन्छ, हुन्न

    हाम्रो चोखो प्रेममा कसैले युद्ध गर्न खोजे भने
    सुकोमल तिम्रा हातमा पनि तरबार हुन्छ, हुन्न

    तिम्लाई रोज्दा यदि मैले ज्यान दिनु पर्यो भने
    मेरि आमाले बुहारी हो भन्ने आधार हुन्छ, हुन्न

    गाउँ समाज छोडे पछी मेरो भन्नू तिमी त हौ
    दुई ज्यान एक भएपछि छुट्टै संसार हुन्छ, हुन्न

    प्रेमि जोडीको कहिलेसम्म ज्यान जान्छ सरकार
    अर्को प्रेमजोडीको हत्या हुने सस्कार हुन्छ, हुन्न

    राजकुमार नेपाली बिदुर ३ नुवाकोट

    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १३:२८:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology