काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई कोरोनाभाइरस परीक्षण गर्न दिइने गरी निर्णय हुने बताएका छन् ।
संसदमा विनियोजन विधेयक–२०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आज बुधबार दिउँसो दुई बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर गर्ने बताएका छन् ।
कोभिड–१९ को नियन्त्रणका लागि सरकार प्रभावकारी ढङ्गले लागि परेकाले कहीँकतै भ्रष्टाचार हुन नदिन पनि बताएका छन ।