धादिङ । गल्छी ६ जिन्टेटारमा डिप बोरिङको शिलान्यास भएको छ । आज गाउँ पलिका उपाध्यक्ष राधा तिमिल्सिना बाट डिप बोरिङको शिलान्यास भएको हो ।
बागमती प्रदेश सरकारले ४६ लाख ३१ हजार बजेटमा उक्त बोरिङ खन्न थालिएको हो । यहि असार मसान्त भित्र महेशदोभानको ६० घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य राखिएको ६ वडा अध्यक्ष राजन श्रेष्ठले जानकारी गराउनुभयो ।