शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारले बिहीबारबाट लागू हुने गरी लकडाउनको मोडालिटीमा केही परिवर्तन

सरकारले बिहीबारबाट लागू हुने गरी लकडाउनको मोडालिटीमा केही परिवर्तन

नागरिक पाटी

२९, जेठ २०७७
  • 8.5K
    SHARES
  • सरकारले बिहीबारबाट लागू हुने गरी लकडाउनको मोडालिटीमा केही परिवर्तन

    काठमाडौँ । सरकारले बिहीबारबाट नै लागू हुने गरी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरेको छ । परिवर्तित मोडालिटी अनुसार पसल तथा डिपार्टमेण्टल स्टोरहरु, सेवा प्रदायक कार्यालयहरु आदि खोल्न दिने तथा पैदलयात्रुलाई आवतजावत गर्न दिने कुरा उल्लेख गरिएको छ ।

    images
    images


    त्यसैगरी सरकारले सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी कार्यालय र निजी क्षेत्रका कार्यालयहरु भने असार १ गतेबाट मात्रै खुल्ने जानकारी दिएको छ । तर, पनि कार्यालय सञ्चालनका लागि कर्मचारी ओसारपसार गर्न प्रयोग हुने निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्नुपर्ने र सिटको एक लहरमा मात्रै बस्नुपर्ने नियम बनाइएको छ । सवारीसाधनमा बस्दा पनि मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीसाधन प्रत्येक दिन निसंक्रमित गर्नुपर्नेछ ।


    त्यसैगरी बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा पनि असार १ गतेदेखि नियमित सञ्चालनमा जानुपर्ने छ । उनीहरुले पनि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एक सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टमा सञ्चालन गर्नुपर्नेछ । अन्य सेवाहरु भने तत्कालै सञ्चालनमा आउने तर दुई मिटरको सामाजिक दुरी र सुरक्षाका उपायहरु अपनाउनु पर्ने कुरा उल्लेख गरिएको छ ।


     तत्काल सञ्चालन गर्न नपाइने सेवाहरु

    सरकारले केही क्षेत्रहरु तत्कालै नखोल्ने निर्णयसमेत गरेको छ । कोभिड १९ को जोखिमलाई कम गर्न भन्दै सरकारले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि नखोल्ने निर्णय गरेको छ । त्यसैगरी अनुमति प्राप्त नभएका ९चार्टर फ्लाइटबाहेक० आन्तरिक र बाह्य सबै हवाई उडानलाई थप १५ दिन स्थगित गरिएको छ ।

    त्यसैगरी सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शनी र भेला थप १५ दिनका लागि बन्द गरिएको छ । त्यस्तै पार्टी प्यालेस, सिनेमा हल, डान्सबार लगायतका मनोरञ्जनका स्थानहरु पनि आगामी १५ दिनसम्मका लागि बन्द नै रहनेछन् । लाइब्रेरी, संग्राहलय, चिडियाखाना पनि तत्काल खोल्न पाइनेछैन भने स्पा, सैलुन तथा ब्युटी पार्लरहरु पनि अर्को सूचना जारी नभएसम्मका खोल्न निषेध गरिएको छ ।

    स्वीमिङ पुल, जिमखाना, हेल्थ क्लब, सपिङ मल आदि पनि बन्द नै रहनेछन् । समूहमा खेलिने खेलकुद, खेलमैदानमा हुने प्रस्तुति, धार्मिक तथा सामाजिक स्थलहरु पनि बन्द नै रहनेछन् ।

    त्यसैगरी सार्वजनिक सवारीसाधनहरु ९कालो प्लेट० पनि बन्द रहनेछन् । निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा मात्रै सञ्चालन हुने भएकाले तोकिएभन्दा फरक पर्ने गरी ती सवारीसाधनहरु चलाउन निषेध गरिएको छ ।

    मोटरसाइकललाई जोर विजोर प्रणाली लागू नहुने, चालक मात्रै बस्न पाउने

    बिहीबारदेखि नै लागू हुने गरी मोटरसाइकल पनि सञ्चालन गर्न दिने निर्णय भएको छ । यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइनेछ । तर मोटरसाइकललाई जोर बिजोर प्रणाली भने लागू नहुने सञ्चारमन्त्रीसमेत रहेका अर्थमन्त्री युवराज खतिवडाका प्रेस संयोजक यमन पौडेलले बताए । मोटरसाइकलहरु उपत्यकामा भए उपत्यकाभित्र र उपत्यका बाहिर भए सम्बन्धित जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइनेछ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - २१:१७:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology