१.
मनमा केही नभएझै पीर मुस्कुराउनु पर्छ
यस्तै रैछ भनी तकदिर मुस्कुराउनु पर्छ
घाउमा मलहम होइन नुनचुक लगाइदिन्छन्
शत्रुको सामु नझुकाई शिर मुस्कुराउनु पर्छ
२.
दिल दुखाएर कसैलाई मुस्किल बनाएर
अनायासै नयनहरु टिलपिल बनाएर
के पायौँ एउटा अमुल्य चिज बताइदेउ
कोमल मेरो हृदयलाई महफिल बनाएर
३.
होइनौँ तिमी मेरो कुनै खास भनेर नै
छोड्दे हुन्छ अब मेरो आश भनेर नै
अर्कै गुँड बनाउन बाध्य भएकी हो चरी
तिम्रो लागि छैन दिलमा बास भनेर नै
४.
कुरि बसेका छन् कसैले पारि हतार किन गर्छौँ ?
पर्न सक्छ आफैलाई भारी हतार किन गर्छौँ ?
छिटो गए भन्न सकिन्न ढिलो गए अवस्य पुगिन्छ
अलि बिस्तारै चलाउनु सवारी हतार किन गर्छौँ र ?
५.
दियौँ धोका गर्यौँ छल आभार तिमीलाई
कठिन बनाइदियौँ हरेक पल आभार तिमीलाई
बिचबाटोमै छाडिदियौँ अस्तित्व सकियो सोच्थे
झन बढ्यो आत्मबल आभार तिमीलाई।।
हिरा अधिकारी, पोखरा