गजल (शृङ्गारिक)
किन उता-उता सरेकी, यता आउन!
अझै! नचिनेझै गरेकी, यता आउन!
पहिलो चोटि यस्तै हो, अप्ठेरो हुन्च!
हेर त मख्ख परेकी? यता आउन !
डराउन पर्दैन, देख्ने कोहि छैनन!
लाली जोवन भरेकी, यता आउन!
के परेर रातिराती यहाँ सम्म आयौ?
कति कामले झरेकी? यता आउन !
मिल्ने सबै दिम्ला बरु, भन कुरो केहो?
कस्तो आँखा तरेकी ? यता आउन!
जिएम शर्मा ! मुसिकोट नगरपालिका ७ गुल्मी,
हाल भरतपुर म न पा ४ लन्कु, चितवन !