शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णयमा नेकपा

७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णयमा नेकपा

नागरिक पाटी

६, आषाढ २०७७
  • 9.4K
    SHARES
  • ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णयमा नेकपा

    काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले विदेशबाट विवाह गरेर आउने महिलाले स्थायी बसोबास गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने निर्णय गरेको छ ।

    images
    images


    आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको नेकपा सचिवालय बैठकले विवाह गरेको ७ वर्ष नेपालमा स्थायी बसोबास भएको महिलालाई मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हो ।

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पुरुषसँग विवाह गरेर आउने महिला ७ वर्ष नेपालमा बसेको र विदेशको नागरिकता वा राष्ट्रियता झल्काउने कागजात परित्यागको प्रकृया सुरु भएपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय पार्टीले गरेको बताउनुभयो ।

    नागरिकता प्राप्त नगर्दासम्म सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकारसहितको आवासीय परिचयपत्र विवाह भएको दिनदेखि नै दिइने उहाँले बताउनुभयो ।

    नागरिकता संशोधन विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेको छ । पटक पटक यसका प्रावधानहरुमा छलफल भए पनि सहमति जुट्न सकेको छैन् । नेपाली कांग्रेस र मधेशवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाह गरेलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - १४:२६:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology