शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चीन-भारत सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान निकाल्न नेपालको सुझाव

चीन-भारत सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान निकाल्न नेपालको सुझाव

नागरिक पाटी

६, आषाढ २०७७
  • 10.9K
    SHARES
  • चीन-भारत  सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान निकाल्न नेपालको सुझाव

    काठमाण्डौं । चीन र भारतबीच हालै मात्र लद्दाखको गलवान उपत्यका क्षेत्रमा भएको झडप र उब्जिएको समस्याका विषयमा नेपालले प्रतिक्रिया दिएको छ। नेपालको परराष्ट्र मन्त्रालयले आज शनिबार विज्ञप्ति जारी गरेर ‘शान्तिपूर्ण रुपमा समाधान निकाल्न’ सुझाव दिएको हो।

    images
    images

    नेपाल मुलुकहरूबीचको विवाद शान्तिपूर्ण तरिकाबाट सुल्झाउन पर्छ भन्ने पक्षमा रहेको र नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिदै आएको विज्ञप्तिमा उल्लेख छ।

    ‘गलवान उपत्यकामा भएको घटनाको सम्बन्धमा आपसी संवादबाट शान्तिपूर्ण ढंगले समाधान निकाल्न छिमेकी मित्रराष्ट्र भारत र चीन सक्षम हुने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय र समग्र विश्वको शान्तिका लागि दुवै देशबीचको देखिएको विवाद समाधान भइ सहज सम्बन्ध हुन जरुरी छ।’ झडपमा भारतका २० सैनिक मारिएको यसअघि नै पुष्टि भइसकेको छ।

    Capture.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - २०:२५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology