धादिङ । कोरोना संक्रमित भई धादिङको नीलकण्ठ नगरपालिका र धादिङ अस्पतालमा संचालन गरिरहेको आइसोलेसनमा उपचार गराइरहेका १७ जनालाई आज डिस्चार्ज गरिएको छ । जिल्लामा डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ ।
डिस्चार्ज हुनेमा २० महिने शिशु, उनको आमाबाबु समेत रहेका छन् । एकै परिवारको तीन जना संक्रमित भएको यो धादिङको पहिलो घटना हो । उनीहरु सबैजना नीलकण्ठ नगरपालिका वडा नं.१४ धुँवाकोटका रहेका छन् ।
आज डिस्चार्ज हुनेमा २० महिने शिशुसहित तीन महिला र १४ जना पुरुष रहेका छन् । उनीहरु वडा नंं.२,३,५,७,११ र १४ का रहेका छन् । आइसोलेसनबाट डिस्चार्ज हुनेहरुलाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण बस्याल र धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झाले कोरोनामुक्त भएको भन्दै प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाको सहस्वास्थ्य संयोजक शिव राना, अधिकृत विष्णु रिजाल लगायतको सहभागिता रहेको थियो । धादिङमा कोरोना मुक्त हुनेको संख्या २२ प्गेको छ । तस्बिर pigeonkhabar