गजल
ए हावा खबर लाने भएपनि उसलाई भनी दे
मैले चोखो माया गर्छु भनी उसलाई भनी दे
उनलाई मैले बिहे गर्दा कसैले मलाइ मार्छन भने
तयार छु चढन फासि परे पनि उसलाइ भनी दे
तिम्ले दिएको समय बाकि अब एकै बर्ष हो प्रीया
श्रीमती बनाउने दिन बस्याछु गनि उसलाई भनी दे
एउटै बिस्तारामा दुई ज्यान एक भइरहदा हामी
खै कस्तो देखौला मैले सपनि उसलाई भनी दे
तिमी तिमी भन्छे आज भोलि तपाइँ भन्नू पर्दा
टोलाउछ्यौ होला झसङ्ग बनी उसलाई भनी दे
सुनै सुन र हिरै हिराले पुर्दिन त सक्दिन होला
गरिब मान्छे हु म होइन धनी उसलाई भनी दे
यो समाजले त सहजै हामिलाइ स्विकार्दैन होला
मर्नु परे हाम्रो लेखौला जिबनी उसलाई भनी दे
राज कुमार नेपाली
बिदुर ३ नुवाकोट