शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

नागरिक पाटी

७, आषाढ २०७७
  • 10.2K
    SHARES
  • थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ६४ महिला र ३५७ पुरुष छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ९ हजार २६ पुगेको छ ।

    images
    images

    कूल सङ्क्रमितमध्ये ८२० महिला र ८ हजार २०६ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म १ हजार ७७२ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ जना पुगेको छ । हालसम्म ७५ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - १६:३७:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology