शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट थप १ को मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २३ पुग्यो

कोरोनाबाट थप १ को मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २३ पुग्यो

नागरिक पाटी

७, आषाढ २०७७
  • 12.4K
    SHARES
  • कोरोनाबाट थप १ को मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २३ पुग्यो

    काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान जानेको संख्या १ थपिएको जनाएको छ । आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ को मृत्यु भएको बताएका हुन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

    images
    images


    मृतक गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वर्ष ६९ का पुरुष हुन् । प्रवक्ता डाक्टर गौतमले दिएको जानकारी अनुसार उनी प्यारालाइसिस उपचारका क्रममा भारत गएर गत २५ गते नेपाल आएका थिए । नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसे थिए। उनको मृत्यु शुक्रवार घरमै भएको थियो । शुक्रवार नै स्वाब संकलन गरी भैरहवा पठाइएकोमा शनिवार पीसीआर पोजिटिभ देखिएको थियो । मृतकको शवको व्यवस्थापन शनिवार नै नेपाली सेनाको सहयोगमा व्यवस्थापन भइसकेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - १७:११:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology