शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९,५६१ पुग्यो

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९,५६१ पुग्यो

नागरिक पाटी

८, आषाढ २०७७
  • 8.4K
    SHARES
  • थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९,५६१ पुग्यो

    काठमाडौं । नेपालमा सोमबार ५३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सोमबार ५३५ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

    images
    images

    उनीहरु मध्ये ४६१ जना पुरुष र ७४जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ । कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २१४२ रहेको छ । गत चौबिस घण्टामा मात्रै ३७० जना डिस्चार्ज भएका हुन् ।नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ पुगेको छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको डा। गौतमले जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - १६:३४:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology