धादिङ । धादिङमा थप १३ जना कोरोना सँक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले दिनुभएको जानकारी अनुसार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा ११ जना, निलकण्ठ नगरपालिकामा १ जना र सिद्धलेक गाउँपालिकामा १ जना कोरोना सँक्रमित थपिएका हुन् । यो सँगै जिल्लामा कोरोना सँक्रमितको सँख्या ११४ पुगेको छ ।
मँगलबार स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको मिडिया विफ्रिङमा भने धादिङमा थप १८ जना सँक्रमित थपिएको बताईएको थियो । डा. पौडेलले भने त्रिपुरासुन्दरी गाउँपालिकाको ७ जना कोरोना सँक्रमितको सँख्या मन्त्रालयको उक्त भनाईमा दोहोरिएको बताउनुभयो । त्यो सँख्या यस अघि नै गणना भईसकेको छ । यद्यपी निलकण्ठ नगरपालिकाको १ जना र सिद्धलेक गाउँपालिकाको १ जना कोरोना सँक्रमितको सँख्या भने मन्त्रालयले मिडिया व्रिफिङमा भन्न बाँकी रहेको छ ।
यसैबिच नेपालमा मंगलबार ५३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार ५३८ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । उनीहरु मध्ये ४४८जना पुरुष र ९० जना महिला महिला छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०,०९९ पुगेको छ । कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २२२४ रहेको छ । त्यसमा १८९ महिला र २०३५ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र ६८ पुरुष गरी ७६ जना डिस्चार्ज भएका हुन्।नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । दैलेखका एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।