शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८

नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८

नागरिक पाटी

१०, आषाढ २०७७
  • 9.8K
    SHARES
  • नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६२९ जनामा संक्रमण देखिएको हो। आज थपिएका ६२९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २३३८ पुगेको छ। कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १६:५३:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology