शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनिघाट रोराङका कुपोषित बालबालिकाको परिवारलाई खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण 

बेनिघाट रोराङका कुपोषित बालबालिकाको परिवारलाई खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण 

नागरिक पाटी

११, आषाढ २०७७
  • 11.0K
    SHARES
  • बेनिघाट रोराङका कुपोषित बालबालिकाको परिवारलाई खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण 


    बेनिघाट । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ६, ८ र ९ का कुपोषित बालबालिकाको परिवारलाई खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण  कार्यक्रम सम्पन्न भएको छ । बेनिघाट रोराङ गाउँपालिकामा जनकपुरधाम स्थित भोर नामक संस्थासँगको साझेदारीमा शान्ति नेपालले खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण गरेको हो । आज बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ६ को ३७ घर, वडा नम्वर ८ को २३ घर र ९ को १७ घर गरी ७७ घरधुरलिाई राहत वितरण गरिएको छ भने भोली बाँकी सबै वडामा वितरण गरने शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेलले बताउनुभयो ।

    images
    images

    कुपोषित बालबालिकाका परिवारलाई प्रति परिवार ३० किलो चामल, ३ किलो सर्वोत्तम पिठो ३ किलो, खाने तेल २ लिटर, दाल २ किलो, एक क्रेट अण्डा, मिश्रित गेडागुडी २ किलोको साथै ५ वटा हातधुने सावुन, २ वटा लुगाधुने सावुन, मञ्जन १ र ब्रश ३ थान स्वच्छता सामाग्री वितरण गरिएको छ। चेपाङ समुदायमा आफ्नो आम्दानीले औषत ६ महिना मात्र खान पुग्छ भने बैशाखदेखि श्रावणभरी बहुसंख्यक परिवार ज्याला मजदुरीमा निर्भर हुन्छन्।

    विश्वब्यापी कोरोनाको महामारीका कारण आर्थिक क्षेत्र पनि नराम्ररी प्रभावित हुँदा ज्यालादारी कामको अभाव भएको र अती विपन्न परिवारमा खाद्य संकट बढ्दो छ । परिणामत समुदायमा कुपोषित बालबालिकाको संख्या पनि बढ्दै गएको छ । पोषणको क्षेत्रमा काम गर्दै आएको शान्ति नेपालले यस विषम परिस्थितिमा कुपोषणका कारण बालविकासमा पर्ने क्षति न्यूनिकरणका लागि विशेष पोषण प्याकेज वितरण गर्ने योजना बनाएको छ ।
    बेनिघाट रोराङ गाउँपालिकाको २०५ घर परिवारका २१० कुपोषित बालबालिका र गजुरी गाउँपालिकाको ५८ घर परिवारका ६१ जना कुपोषित बालबालिकालाई राहत वितरण गर्न लागेको शान्ती नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता कुमार चेपाङले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - ०८:१९:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology