काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको जारी बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ ।
स्थायी कमिटी बैठकको मुख्य कार्यसूचीमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस कोभिड–१९ रहेकाले बैठकले लिने निर्णय दूरगामी र महत्वपूर्ण हुने अनुमान राजनीतिक वृत्तमा गरिएको छ । बैठकपछि सरकारलाई काम गर्न अझ सजिलो हुुने विश्वास पनि गरिएको छ ।
स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।