शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गण्डकीमा थप ३२ जना कोरोना संक्रमित

गण्डकीमा थप ३२ जना कोरोना संक्रमित

नागरिक पाटी

१३, आषाढ २०७७
  • 8.0K
    SHARES
  • गण्डकीमा थप ३२ जना कोरोना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा आज ३२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

    images
    images

    नयाँ संक्रमित स्याङ्जा, बागलुङ र नवलपरासी पूर्वका रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनका अनुसार संक्रमितमध्ये ६ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा बसिसकेका छन्। बाँकी सबै संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा। शर्माले बताए ।

    ganak.png

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - ०८:३९:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology