काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शनिवार पनि बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठक आज पनि जारी रहने जनाइएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बैठक बस्ने जनाइएको छ । शुक्रबारको बैठकमा सीमाका विषयमा छलफल भएको थियो । बैठकमा १८ स्थायी कमिटीका सदस्यले आफ्नो धारणा राखेका थियो । उनीहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका थिए।