शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा पनि देखियो सलहको झुण्ड

नेपालमा पनि देखियो सलहको झुण्ड

नागरिक पाटी

१३, आषाढ २०७७
  • 7.5K
    SHARES
  • नेपालमा पनि देखियो सलहको झुण्ड

    काठमाण्डौं । बाराको निजगढ नगरपालिका, रौतहटको उत्तरी भेग तथा सर्लाही जिल्लामा सलहको झुण्ड देखिएको त्यहाँका स्थानीयले बताएका छन् ।अफ्रिकी महादेशबाट पाकिस्तान तथा भारत प्रवेश गरेको सलहको झुण्ड नेपालमा पनि देखिएको छ ।

    images
    images


    निजगढ नगरपालिकामा शनिवार बिहान सलह कीराको झुण्ड देखिएपछि कृषि ज्ञान केन्द्र बाराको टोलीले स्थलगत अध्ययन गरिरहेको छ । भारतसँग सिमाना जोडिएका सर्लाहीको नवलपुर र बाराको निजगढमा सलहको झुण्ड देखा परेसँगै कृषि मन्त्रालयले नेपालमा पनि सलह भित्रिएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

    कृषि विभागका सूचना अधिकारी महादेव प्रसाद पौडेलका अनुसार सलह नै भएको पुष्टि भएपनि कुन प्रकारको हो भन्ने बारे अझै पुष्टि भएको छैन । सलहको झुण्डले बालीनाली खाएर सखाप पार्ने निजगढका स्थानीयले बताएपछि केन्द्रको टोली अध्ययन गर्न आइपुगेको हो । निजगढ नगरपालिकाको विभिन्न क्षेत्रमा चार ओटा झुण्ड बनाएर सलह बसेको स्थानीयको दाबी छ ।


    भारतको उत्तर प्रदेशमा जेठको दोस्रो साता सलहको झुण्डले बालीनाली सखाप पारेको थियो । नेपालमा पनि देखा परेसँगै ​कृषि मन्त्रालयले सलहले पु¥याउन सक्ने क्षति र यो अवस्थासँग जुध्न के गर्ने भन्ने बारे शनिवार नै आकस्मिक बैठक बोलाएर छलफल गर्दै छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - १४:२३:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology