काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टायता थप ५५४ जना कोरोना संक्रमित भेटिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्ले २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केको जानकारी दिएका छन्। जसमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।
योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २८३४ पुगेको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ६५७१२ जना क्वारेन्टिनमा छन् भने ९४४७ जना आइसोलेनसनमा छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगिसकेको छ ।