धादिङ । धादिङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका संक्रमितहरुमा गल्छि गाउँपालिकाका १ जना पुरुष र गजुरी गाउँपालिकाका २ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा भुवन पौडेलले बताउनुभयो । यससँगै जिल्लामा कारोना संक्रमित हुनेको सङख्या १ सय १७ पुगेको छ । संक्रमित मध्ये २३ जना निको भएका छन् ।