धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाबाट थप २४ जना कोरोना जितेर आज आईतबार घर गएका छन्।कोरोना भाईरस संकमण भएर आईसोलेसनमा बस्नु भएका २४ जनालाई आईतबार घर पठाईएको नर्स विद्या श्रेष्ठले बताउनुभयो। पिसीआर रिपोर्ट पोजेटिभ आएपनि लक्षण नदेखीएछि दुई हप्ता आईसोलेसनमा राखेर घर पठाईएको हो।
हालसम्म नीलकण्ठ नगरपालिकाका ४० जना कोरोना मुक्त भएर घर गईसकेका छन्।नीलकण्ठ नगरपालिकामा मात्र ६० जनामा कोरोना पुष्टि भएको थियो । हाल १८ जना आईसोलेसनमा भएपनि अन्य सबै कोरोना जितेर घर गईसकेका छन् ।
जेठ ३१ गते आईलेसनमा आएकाहरुलाई सरकारको स्वास्थ्य प्रोटोकल अनुसार नै घर पठाईएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताउनुभयो । नीलकण्ठ नगरपालिका वडा नम्बर १,७ र १४ का ५ जना महिला र १९ जना पुरुषलाई नीलकण्ठ नगरपालिकाले स्वास्थ्य सर्टिफिकेट वितरण गरेर एक हप्ता होम क्वारेनटाईनमा बस्न आग्रह गर्दै घर पठाईएको हो । फोटो धादिङ सञ्चारबाट