शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण विदेशमा १३० नेपालीको मृत्यु

कोरोनाका कारण विदेशमा १३० नेपालीको मृत्यु

नागरिक पाटी

१६, आषाढ २०७७
  • 6.7K
    SHARES
  • कोरोनाका कारण  विदेशमा १३० नेपालीको मृत्यु

    काठमाडौं । कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको छ। संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा। सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स ९यूएई० मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १/१ जना छन्। यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ।

    images
    images

    यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ। वैदेशिक रोजगार बोर्डले दुई साताअघि सार्वजनिक गरेको तथ्यांक हो यो। त्यसपछि बोर्डले नयाँ तथ्यांक निकालेको छैन। बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले कम्पनी र बासस्थानमा जनघनत्व बढी भएकाले नेपाली कामदार बढी प्रभावित रहेको बताए। कोरोनाबाट ज्यान गुमाउनेको तथ्यांक परराष्ट्र मन्त्रालयले अध्यावधिक नगरेकाले यो संख्या थपघट हुन सक्ने सूचना अधिकारी सुवेदीको भनाइ छ।

    उनले कोरोना विश्वव्यापी महामारी भएका कारण सावधानी अपनाउँदा पनि लाग्ने गरेको बताए। ‘कोरोनाबाट सुरक्षित रहँदारहँदै पनि वैदेशिक रोजगारीमा रहेका नेपाली संक्रमित भएका छन्’, उनले भने, ‘कोरोना लागेपछि आइसोलेसनमा बसेर घर फर्केका पनि छन् र केहीले ज्यान गुमाएका छन्।’

    डा। सापकोटाका अनुसार पछिल्लो साता विभिन्न मुलुकमा रहेका नेपालीमध्ये कसैले पनि ज्यान गुमाउनु परेको छैन। संक्रमणको त्रास कायमै रहेकाले सावधानीका उपाय अपनाउनुपर्नेमा सुझाव उनले दिए। ‘खतरा अझै टरेको छैन’, उनले भने, ‘सावधानीका लागि मास्क लगाउने, मुख छुनुभन्दा अघि हात साबुनपानीले धुने, अपरिचित व्यक्तिसँग टाढैबाट भलाकुसारी गर्नुे बताएका छन् । आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - ०७:२६:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology