धादिङ । नेपालमा विगत २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ।
तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या १०,३४१ छ। मन्त्रालयका अनुसार २४ घण्टामा ४,७११ वटा नमुनाको पीसीआर विधिबाट र २,१४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,२८,३४१ पुगेको छ। विगत २४ घण्टामा विभिन्न जिल्लामा ६० जना निको भएर घर फर्किएका छन्।