शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आजको नेकपा स्थायी कमिटीको बैठक सकियो, १८ जना सदस्यले राखे धारणा

आजको नेकपा स्थायी कमिटीको बैठक सकियो, १८ जना सदस्यले राखे धारणा

नागरिक पाटी

१६, आषाढ २०७७
  • 6.6K
    SHARES
  • आजको नेकपा स्थायी कमिटीको  बैठक सकियो, १८ जना सदस्यले राखे धारणा

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठक अन्तर्गत मंगलबारको बैठक सकिएको छ। आजको बैठकमा १८ जना सदस्यले धारणा राखेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

    images
    images

    उनका अनुसार पहिल्यै तोकिएका एजेन्डाभन्दा बाहिर गएर आज नयाँ दुई एजेन्डामा छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार राखेको धारणा र निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदनको सम्बन्धमा छलफल भएको उनले बताए।

    आज धारणा राख्ने सदस्यहरुमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट, भीम आचार्य लगायत रहेका छन्। बैठक भोलि ११ बजे बस्ने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - १८:११:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology