शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ४८२ जना कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार माथी

नेपालमा थप ४८२ जना कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार माथी

नागरिक पाटी

१७, आषाढ २०७७
  • 6.1K
    SHARES
  • नेपालमा थप ४८२ जना कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या  १४ हजार माथी

    काठमाण्डौ । नेपालमा विगत २४ घण्टामा थप ४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। बुधवार देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,०४६ पुगेको छ । तीमध्ये ४,६५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयको बताएको छ ।

    images
    images

    विगत २४ घण्टामा ४६२ जना निको भएका र अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन।

    अहिले सबै ७७ वटा जिल्लामा कोभिड १९ पुगिसकेको छ। विभिन्न जिल्लामा ४८,३६२ जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,३३,२२७ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - १६:४६:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology