शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सडक दुर्घटनाबाट नेपालमा वार्षिक दुई हजारभन्दा बढीको मृत्यु

सडक दुर्घटनाबाट नेपालमा वार्षिक दुई हजारभन्दा बढीको मृत्यु

नागरिक पाटी

१८, आषाढ २०७७
  • 8.3K
    SHARES
  • सडक दुर्घटनाबाट नेपालमा वार्षिक दुई हजारभन्दा बढीको मृत्यु

    काठमाण्डौं । नेपालमा हरेक दिन औसत सरकारी तथ्यांकको आधार गर्ने हो भने दैनिक औसतमा आठजनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको देखाउँछ । वर्षमा दुई हजार आठ सयजनाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । दुर्घटना हुने कारणमध्ये चालकको लापरबाही, सवारी अतितीव्र गति, मादक पदार्थको सेवन, सवारीको यान्त्रिक गडबडीलगायत रहेका छन् ।

    images
    images

    संघीय संसद्को विकास तथा प्रविधि समिति गठन गरेको ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति’ले सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्डविपरीत बनेका सडक संरचना, सवारीसाधन प्रयोगकर्तामा सवारी नियमको ज्ञानको अभावलगायतका कारणले पनि दुर्घटना बढेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सवारीसाधनको कमजोर अवस्था, सडक प्रयोगकर्ताको लापरबाही सडक दुर्घटना निम्त्याउने कारण बनेका छन् । विशेषगरी साँघुरा र मापदण्डविना निर्माण गरिएका सडकले दुर्घटना गराउन आधार तयार गर्ने गरेका छन् ।

    राजधानीलगायत सहरी क्षेत्रमा सवारीको अत्यधिक चाप, कमजोर ट्राफिक व्यवस्थापन, सहरी मापदण्डअनुसारको गुणस्तरीय सडकको अभाव, चालकको लापरबाही, यात्रुहरूको जथाभावी सडक काट्ने प्रवृत्ति, सडकका पेटीहरूको अतिक्रमण, पुराना सवारीको बाहुल्यता, ट्राफिक संकेतको अभावलगायतका कारण सवारी दुर्घटना बढ्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नयाँ पत्रिका  दैनिकमा खबर छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - ०६:४४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology