शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नारायणगढ–मुग्लिन सडक खण्डका १५ पुल निर्माण प्रक्रिया सुरु

नारायणगढ–मुग्लिन सडक खण्डका १५ पुल निर्माण प्रक्रिया सुरु

नागरिक पाटी

१९, आषाढ २०७७
  • 12.7K
    SHARES
  • नारायणगढ–मुग्लिन सडक खण्डका १५ पुल निर्माण प्रक्रिया सुरु

    धादिङ । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः निर्माणको काम सकिएको वर्षौंपछि त्यस सडकमा रहेका १५ वटा पुलको निर्माण प्रक्रिया सुरु भएको छ । सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माणमा ढिलाइ भइरहेको थियो ।

    images
    images


    सरकारले पुल निर्माणका लागि कानुनी अड्चन खुला गरेर गत वर्षको चैत १० गते पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि अहिले पुल निर्माणको प्रक्रिया सुरु भएको सडक विभाग पुल महाशाखाका निर्देशक दीपक भट्टराईले जानकारी दिएका छन । उनले ढिलै भए पनि प्रक्रिया सुरु भएको छ । अहिले पुलको निर्माणका लागि ठेक्का भई डिजाइन निर्माणको काम भइरहेको छ भने । पुलको डिजाइन बनेपछि विभागले स्वीकृति दिएसँगै पुल निर्माणको काम सुरु हुनेछ ।


    विभागले नारायणगढ–मुग्लिन सडकका १५ वटा पुल ‘डिजाइन एन्ड बिल्ड’को अवधारणामा निर्माण गर्न अनक कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको छ । पुलको डिजाइन गर्दै निर्माण गर्ने कामलाई ‘डिजाइन एन्ड बिल्ड’ भनिन्छ । यसरी पुल बनाउँदा ठेक्का लाग्नुपूर्व वातवरण प्रभाव मूल्याङ्कन गर्नुपर्ने कानुनी अड्चन सरकारले फुकाएसँगै पुल निर्माणको बाटो खुलेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - ०७:४४:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology