शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओलीको समर्थनमा धादिङको थाक्रेमा प्रर्दशन

प्रधानमन्त्री ओलीको समर्थनमा धादिङको थाक्रेमा प्रर्दशन

नागरिक पाटी

१९, आषाढ २०७७
  • 10.9K
    SHARES
  • प्रधानमन्त्री ओलीको समर्थनमा धादिङको थाक्रेमा प्रर्दशन

    थाक्रे । धादिङको थाक्रे गाउँपालिका स्थित महादेववेशीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रर्दशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको इसारामा हटाउन लागिएको भन्दै धादिङमा उहाँको समर्थनमा प्रर्दशन भएको युवा संघ धादिङका संयोजक दिपक खतिवडाले जानकारी दिनुभयो।

    images
    images

    thakre.jpg

    मदन भण्डारी स्पोर्ट एकेडेमी धादिङको आयोजनामा सम्पन्न भएको प्रर्दशनमा युवाहरुको सहभागिता रहेको थियो।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा आन्तरिक विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देशका विभिन्न स्थानमा प्रर्दशन सुरु भएको छ । देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

    मान्छेको सान बोलिले, नेपालको सान ओलीले, आजलाई होईन भोलीलाई,जनताको समर्थन ओलीलाई, स्थिर सरकार कायम गर, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर,लिपुलेक लिम्पियाधुरा हाम्रो हो लगायतका नारा लगाएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १९:४८:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology