कठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज शनिबार बस्ने भनिएको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएको बैठक असार २२ गते सोमबारसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय माग गरेपछि बैठक स्थगित गरिएको हो ।