काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ ,भने सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १५,४९१ पुगेको छ। यसैगरी बितेको २४ घण्टामा नेपालमा थप २७२ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । तीमध्ये ६,४१५ जना निको भएको मन्त्रालयले बताएको छ ।